भरतपुर। चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ। नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो। घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएकी छन्।