म्याग्दी। मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा सोमबार लेक लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ जाने क्रममा लेक लागेर बिरामी भएका पटेललाई प्रहरीले उपचारका लागि जोमसोम अस्पताल पुर्याएको थियो ।
उनलाई अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए ।