काठमाडौं। कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ।
लु २ ख २१२१ नम्बरको बस बिहान साढे ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको इलाका प्रहरी गजुरीले जानकारी दिएको छ।
बसमा रहेमध्ये १३ जनालाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।