काठमाडौं। कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँचजनाको मत्यु भएको छ। ३७ जनाको उद्धार गरिएको छ।
लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतकको पहिचान खुलेको छैन। उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बसमा अनुमानित ५० जना रहेको एसपी केसीले जानकारी दिए। बसका चालक घाइते छन्। गजुरी सामुदायिक अस्पताल उनको उपचार भइरहेको छ।