पोखरा। पोखराको १९ लामाचौरको भक्ति मार्गमा गुडिरहेको स्कुल बस माथि विद्युत पोल ढलेको छ । बुधबार बिहान करिव साढे ९ बजेको समयमा लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको न्यु ग्यालेक्सी बोडिङ स्कुलको बस माथि विद्युत पोल ढलेको हो।
लामाचौरबाट विद्यार्थी लिएर नदीपुरतर्फ आउँदै गरेको ग १ क २३९४ नम्बरको स्कुल बस माथि विद्युतको पोल ढलेको हो । पोल ढले पछि बिद्यार्थीहरु एकछिन अत्तालिएका थिए । पोल ढले पनि कुनै मानविय क्षेती भएको छैन् ।