झापा। झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा इ–हाजिरीमा अध्यावधिक गर्न निर्देशन दिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यारत शिक्षकहरुलाई इ–हाजिरीमा अध्यावधिक गर्न निर्देशन दिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जारी गरेको सूचना अनुसार पालिकाले अनिवार्य रुपमा विद्युतीय हाजिरी लागू गर्ने गरी जडान गरिएको जानकारी दिए। हाजिरी जडान गरिएकोमा केही शिक्षकले अध्यावधिक नगरेका कारण उनले इ–हाजिरी गर्न निर्देशन दिएका हुन् ।
गाउँपालिकाले बार्षिक कार्यक्रम अन्तर्गत आगामी शैक्षिक सत्रदेखि माध्यमिक विद्यालयमा कागजी पूर्ण रुपमा विस्थापित गर्नको लागि इहाजिरी ल्याएको जनाइएको छ ।