नवलपुर। मध्यविन्दु नगरपालिकाका–१ सेतापानीका ९० घर भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ। मध्यविन्दुको वडा १, ५ र ७ का ८ हजार ९६ जनाको लगत संकलन भएकोमा पहिलो चरणमा ९० जना दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो।
वडामा ५५ जनाको पुर्जा अधुरै रहेको वडाध्यक्ष तिलकराम न्यौपानेले बताए। भूमिहीन दलित ५१, भूमिहीन सुकुम्वासी ९६ र अव्यवस्थित बोसवासी ६ सय ९७ गरी ८ सय ४४ परिवारले अझै पुर्जा पाउन बाँकी रहेको बताइएको छ ।
भूमि आयोगका अध्यक्ष तारापती खरेलले जिल्लाको कावासोती नगरपालिकामा चार हजार, देचुलीमा दुई हजार पाँचसय, मध्यविन्दुमा चार हजार पाँचसय, हुप्सेकोट गाउँपालिकामा एक हजार पाँचसय ६० जना र अधुरा दुई हजार दुईसय ४० लगायत गरी १५ हजार सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरिएको बताए।
आगामी असार–साउनसम्ममा सबैलाई पुर्जा वितरणको तयारी रहेको छ ।