म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् ।
मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको बताइएको छ। आयोजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन् ।
धारामा मिटरसमेत जडान गरिएको छ । यसअघि छेम्दीवासीले सार्वजनिक धारा र मुहानबाट निजी लगानीमा पाइप जडान गरेर खानेपानी उपभोग गरेका छन् ।