रोल्पा। रोल्पा जिल्लाको थबाङ गाउँपालिकाले निः शुल्क प्राविधिक सीप विकास तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले वडा नंम्बर १ का स्थानीय बासिन्दालाई ३ महिने होजियारी तालिम उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत निः शुल्क तालिम सञ्चालन गर्न लागेको लघु उद्यम सहजकर्ता भगवती पुन मगरले जानकारी दिइन् । गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई निः शुल्क ३ महिने होजियारी तालिम उपलब्ध गराउने सहजकर्ता मगरले जानकारी दिइन ।
गाउँपालिकाले ३ महिने निः शुल्क तालिमको लागि ७ दिनको सूचना प्रकाशन गरेको छ।
गाउँपालिकाले निः शुल्क तालिम लिने प्रशिक्षार्थीलाई आवेदनका आधारमा छनौट गरिने बताइन् ।