काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ गठधन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन्। सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि बैठकमा बताउनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनकाअनुसार प्रधानमन्त्री दाहालले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पु¥याउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए।
बैठकमा प्रधानमन्त्री दाहालले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभएको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।