काठमाडौं। बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा उक्त स्थानहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
त्यसैगरी गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। तीमध्ये सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच/पाँच ,बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई स्थानीय तह रहेका छन्।
गृहमन्त्रालयले २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण सुदूरपश्चिममा अतयधिक मात्रामा धनजनको क्षति भएको थियो। यसैगरी संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिएका छन्।