एजेन्सी। भारत शक्ति अभ्यासमा संलग्न तेजस लडाकु विमान जैलसमेरमा दुर्घटना भएको छ । मंगलबार दिउँसो करिब २ बजे सहरबाट २ किलोमिटर टाढा रहेको भील सामुदायिक छात्रावासमा खसेको हो ।
तेजस विमान दुर्घटनाको यो पहिलो घटना हो । घटना हुँदा होस्टेल खाली थियो । यसले अन्य क्षति नभएको अधिकारीहरुले बताएका हुन् ।
पाइलट सकुशल बाहिर निस्कन सफल भएका छन्। प्रत्यक्षीदर्शीका अनुसार एक्कासि विष्फोट भएपछि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको थियो ।
यो दुर्घटना पोकरणमा चलिरहेको अभ्यास स्थलबाट करिब १०० किलोमिटर टाढा जैसलमेरमा भएको हो। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत अन्य धेरै नेता तथा सेनाका वरिष्ठ अधिकारीहरू उपस्थित छन्।