रौतहट। रौतहटमा आगलागी भएर तीनवटा घर जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको छ। रौतहटको राजदेवी नगरपालिकामा बुधबार साँझ आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
राजदेवी ७ मुडवलवामा भएको आगलागीमा परी तीनवटा घर जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय कैलास राउत बरई, शत्रुधन साह र हृदय साहको घर जलेर पूर्ण नष्ट भएको हो।
आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडा लगायतका लाखौंको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।
आगलागीबाट तीनैजनाको घरको सरसामान गरी कुल ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।