उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीमा शुक्रबार साँझ आगलागी भएको छ। कोशी किनारको जंगलबाट सल्किएको आगो गाउँमा पसेर आगोलागी भएको हो।
आगोलागीबाट स्थानीयको तीन वटा घर र ६ वटा ग्वाली जलेर नष्ट भएका छन्। आगलागीबाट मनकुमारी राई, जगत राई र गउनकुमारी राईको घर र ग्वाली पूर्ण रुपले जलेर नष्ट भएको वडाध्यक्ष दिपेन्द्र दाहालले बताए।
त्यसैगरी मदनराज राई, रामबहादुर राई र गोविन्द नेपालीको ग्वाली नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार आगलागीबाट ४५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक विवरण आएको छ।