मोरङ। रङ्गेली ३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।
हिजो दिउँसो २ः३० बजेतिर आगलागी सुरु भएको हो। बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको छ।
उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिकाले जनाएको छ। विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको छ।