मस्को। युक्रेनले रुसमाथि ड्रोन आक्रमण गर्दा २ जनाको मृत्यु भएको छ। युक्रेनले रुसमाथि रातारात ३५ युक्रेनी ड्रोन खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । दमकलले केही समयमा नै आगो भने निभाएको थियो ।
अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको रिफाइनरी र तेल भण्डारलाई निशाना बनाउँदै आएको छ ।