काठमाडौं। नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन्। गत फागुन २४ गते बसेको ६३ औँ बोर्ड बैठकले कम्पनीको अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो ।
फागुन ३० गते उपाध्यायले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण समारोहपछि अध्यक्ष उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तीकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको पहलहरूले आफू उत्साहित भएको बताए।