काठमाडौं। भैरहवामा मोटरसाइकललाई कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
गएराति भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको हो।