चितवन। उद्योग वाणिज्य संघ चितवनका सदस्य उद्योगी व्यवसायीले मनकामना दर्शनमा जाँदा कुरिनटारस्थित केबलकारको टिकटमा छूट पाउने भएका छन्। केबलकारको टिकट खरीदमा संघका सदस्यले १५ प्रतिशत छूट पाउने भएका हुन्।
संघका सदस्यलाई केबलकारमा छूट दिनेसम्बन्धी मनकामना दर्शन प्रालि र संघबीच आइतवार सम्झौता भएको हो। व्यवसायीले सहुलियत सुविधा प्राप्त गर्नको लागि संघको आबद्धता परिचयपत्र देखाउनुपर्ने बताइएको छ ।