मेड एग्रो टेक प्रालि २६ जनाको सेयर सदस्यको करीब २ करोड लगानीमा भरतपुर ९ को सदरपुरमा सञ्चालनमा आएको छ।
उक्त एग्रो कृषी सम्बन्धी सम्पुर्ण काम गर्ने गरी सञ्चालनमा आएको हो। बागमति प्रदेशसभा सदस्य एवं शिक्षा, स्वास्थ्य तथा कृषी समिति सभापतिले सो एग्रोटेको उद्धघाटन गरेका हुन्। उहाँले फलफुलका बिरुवादेखि उच्च गुणस्तरीय बिउ विजन विदेशबाट ल्याउनु पर्ने अवस्थामा एग्रोटक सञ्चालनमा आउँदा नेपाली मुद्रा विदेशीनबाट जोगीने र स्वदेशी उत्पादनले जनतामा रोजगारीको अवसर पनि सिर्जना हुने बताउनुभयो।
उहाँले भन्नुभयो नेपाली रैथाने जातका बिउ बिजन तथा अन्नवालीहरु लोप हुँदै गएका छन्, यस्तो अवस्थामा एग्रोटेकले तिनिहरुको संरक्षण गर्दै वंश सुधारमा ध्यान दिनुपर्नेछ। कृषी सामाग्री आयात निर्यात र कृषी तालीम सञ्चालन गर्ने मुख्य उद्धेश्यले उतm एग्रोटेक सञ्चालन गरिएको मेग एग्रोटेकका अध्यक्षले बताउनु भयो।
उहाँका अनुसार कृषी सम्बन्धी काम गर्ने सरकारी निकायकहरुसँग सहकार्य गर्दै काम गर्न तयार रहेको र मदर प्लान्टका रुपमा उन्नत जातका विरुवाहरु उत्पादन गरि विक्री वितरण गर्ने योजना बनाइएको छ।
एग्रोटेकले बजारमा कृषकहरुले गुणस्तरीय वस्तु तथा सेवा नपाइरहेको अवस्थामा जातीय शुद्धतासहितको गुणस्तरीय एवं टिस्यु कल्चरबाट तयार गरिएको कृषी सामाग्री, फलफुलका विरुवाहरुको सुलभ मुल्यमा बिक्री वितरण गर्ने जानकारी दिए।