काठमाडौं। शान्तिनगरमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा चालकसहित तीनजना घाइते भएका छन्। तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३८ प ९३४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङ घाइते भएका हुन्।
ठक्कर दिने मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन्। जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको हो।
घाइते तीनै जनाको उपचार मीनभवनस्थित सिभिल अस्पतालमा भइरहेको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।