काठमाडौं। विद्युत् महसुल नबुझाउने १८१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ। नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले उक्त सेवाग्राहीलाई कालोसूचिमा राखेको हो।
लाइन काटिएको ६ महिनासम्म पनि बाँकी बक्यौता महसुल भुक्तानी नगरेपछि उनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ।
केन्द्रले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १८१ ग्राहकलाई कालोसूचीमा राखेको हो विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखी बक्यौता असुल्न कारबाही अघि बढाएको केन्द्रले जनाएको छ। कालोसूचीमा रहेका ग्राहकबाट ७० लाख ४७ हजार ९६० रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ।
कालोसूचीमा राखिएका सेवाग्राही सरकारी स्तरबाट प्राप्त हुने सबै सेवा सुविधाबाट वञ्चित हुनेछन्।