ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आगोलागी भएको छ। मङ्गलबार मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी भएको हो।
आगोलागीबाट दुवै घर जलेर नष्ट भएका छन्। घटनाबाट १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् ।