नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को साविक नयाँ बेलाहानी गाविसका पूर्वअध्यक्ष भूपलाल अर्यालको मृत्यु भएको छ। अर्यालको सवारी दुर्घटनामा मृत्यु भएको हो।
मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा हिजो अटो दुर्घटनामा घाइते भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
मध्यविन्दु –११ को दमारबाट अरुणखोलातर्फ आउने क्रममा अर्याल सवार ग प्र ०४–००१ ह ००४ नं अटो दुर्घटना भएको थियो। दुर्घटनामा घाइते उनलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको थियो।