काठमाडौं। अरूण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सेयरधनी सदस्यका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझबाट सकिन लागेको हो।
कम्पनीले गत फागुन १७ गतेदेखि सेयरधनी सदस्यका लागि १ः१ को अनुपातमा हुन आउने चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकितका दरले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।