एजेन्सी। अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ। इस्लामिक स्टेट (आईएस)ले गराएको विस्फोटमा परी २१ जनाको मृत्यु भएको हो।
अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार भएको बम विष्फोटमा अन्य ५० जना घाइते भएका छन्।
बैंकमा सेवाग्राहीहरुको अत्यन्तै भीड भएकै बेला आत्मघाती बम विस्फोट भएको थियो ।
बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ ।