बझाङ। बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ नौरामा शुक्रबार राति साढे नौ बजे घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।
घटनामा अन्य सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते हुनेहरुमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ वर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्।
घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।