हुम्ला। हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ४ बजे अदानचुली गाउँपालिका–४ पान्समा जिप दुर्घटना भएको हो।
श्रीनगरबाट काठे जाने क्रममा सु-१-०१-००१ ज ११८३ को जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
दुर्घटनामा अदानचुली गापा ५ बारीगाउँ बस्ने १४ र१५ वर्षीय प्रबेश ऐडी र ४०र४५ को फागुने लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ५ जना गम्भीर घाइते छन्।