काठमाडौं। होली खेल्न सडकमा निस्किएका ७६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ परेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी काठमाडौंमा ७० जना पक्राउ परेका हुन्।
ललितपुरमा ४ जना र भक्तपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न गैरकानुनी गतिविधि गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। होली खेल्ने क्रममा झगडा गर्ने, ट्राफिक नियम पालना नगर्ने र अन्य गैरकानुनी गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो।