काठमाडौं। सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ र बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ।
त्यस्तै, साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।