अछाम । अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटनामा परेको हाे।
दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ। मृत्यु हुने सबैको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ।
मृत्यु हुनेमा मेल्लेख गाउँपालिका ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्।
दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन्।