काठमाडौं। धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट हिजोदेखि सम्पर्कविहीन भएकी हुन्।
ओशो साधकसमेत रहेकी आरती ओशो ध्यान गर्न केही समयदेखि भारतको गोवामा बस्दै आएकी थिइन्। मेयर हमालले आफ्नी जेठी छोरी सम्पर्कविहीन भएको खबर हिजो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
जेठी छोरीको खोजी गर्न हमालकी कान्छी छोरी र ज्वाई गोवा पुगेका बताउँदै उनले छोरीकाबारे कुनै जानकारी भए खबर गराइदिन अनुरोधसमेत गरेका छन्।