काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तराष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न परिपत्र गरेको छ।
प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार वायुसेवाले ७ दिनभित्र यात्रुहरुको प्रतिव्यक्ति ५ हजार डलर को यात्रा बिमा गर्न परिपत्र गरेको हो।
नेपालमा अन्तराष्ट्रिय उडान गर्न दुई नेपाली र १८ विदेशीसहित २० वायुसेवाले अनुमति लिएका छन्। यिनलाई प्राधिकरणले नेपालकै कम्पनीबाट यात्रुको कोभिड बिमा गर्नुपर्ने भनेको छ।
कुनै उडानमा नेपाल आएका वा जाँदै गरेका यात्रुमा कोभिड देखिएमा त्यो बिमाले १४ दिनको होटल क्वारेन्टिन तथा अस्पताल भर्ना हुनुपर्ने भएमा उपचार खर्च व्यहोर्नेछ।