काठमाडौं। अमेरिकामा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। मेरिल्याण्डमा दुई सवारी आपसमा ठोक्किँदा पार्वती रेग्मी पौडेलको मृत्यु भएको हो।
४६ वर्षीया पौडेल अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा परिवारसहित बस्दै आएकी थिइन्। पति सन्दीप पौडेल, छोरा शिशिर र छोरी शिवानीसहित उनी अमेरिकामा बस्दै आएकी थिइन्।
गत आइतबार भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका अधिकारीहरुले बताएका छन्।