काठमाडौं। गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन्। सञ्चालक समितिको बुधबार बसेको ३०४औं बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
बैंकमा विगत १५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत्र मसान्तमा समाप्त हुने भएपछि नयाँ नियुक्त गरिएको हो ।
उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनरप्राध्यापन पेशामा संलग्न थिए ।