काठमाडौं। मैलुङ्ग खोला जलविद्युत कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुक क्लोज गर्दैछ । कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न आगामी चैत २९ गते साधारण सभा बोलाएको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।