एजेन्सी। इजरायलले सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरमा हवाइ आक्रमण गरेको छ। हजरायलले शुक्रबार बिहानैदेखि सैनिक शिविरमा लक्षित गरी हवाई आक्रमण गरेको हो।
आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको बताइएको छ।
एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।
बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टासम्म चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ ।
सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो ।