दैलेख। दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिवार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो।
चट्याङ्ग लागेर गम्भीर घाइते भएपछि उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
चट्याङ्ग लागेर एक बोका समेत मरेको जनाइएको छ। दैलेखमा दिउँसो करिब ४ बजेतिर हावाहुरीसहित वर्षा भएको थियो। त्यही समयमा चट्याङ परेको हो।