पोखरा। पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बालकसहित १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा दुवैजना पुरुष रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकी ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भएर अन्नपूर्ण गाउँपालिका४ सल्लाघारीको थामडाँडामा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।