काठमाडौं। पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । आज (सोमबार) देखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो।
नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ।
निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।