काठमाडौं। सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३८ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।१० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२३ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३१ रुपैयाँ रहेको छ ।