एजेन्सी। १०० अर्ब डलर लागतमा शक्तिशाली सुपरकम्प्युटर निर्माण गरिने भएको छ। माइक्रोसफ्ट र ओपनएआईले करिब १३३ खर्ब १९ अर्ब ५८ करोड रूपैयाँ बराबरको सुपरकम्प्युटर बनाउने घोषणा गरेका हुन् ।
एआई सम्बन्धी कामका लागि ‘स्टारगेट’ नामको सुपरकम्प्युटर निर्माण गर्ने महत्त्वाकांक्षी योजना यी कम्पनीले ल्याएका छन् । यस परियोजनाले एआई सम्बन्धी जटिल काम गर्न आवश्यक पर्ने शक्तिशाली डेटा सेन्टरको पूर्ति गर्नेछ ।
सुपरकम्प्युटर बनाउन अहिलेका डेटा सेन्टरको तुलनामा सय गुणा बढी खर्च हुने र यसका लागि माइक्रोसफ्टले लगानी गर्ने बताइएको छ ।
त्यस्तै यी दुई कम्पनीले संयुक्त रुपमा बनाउने सुपरकम्प्युटरको सिरिजमा स्टारगेटलाई फ्ल्यागशिप प्रोग्रामको रुपमा लिइएको छ । साथै स्टारगेटलाई २०२८ मा सार्वजनिक गर्ने अनुमान छ ।
स्रोत: द इन्फर्मेसन