काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि मलेसियाले नेपाललाई १० लाख अमेरिकी डलर अर्थात् १५ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मलेसियाले प्रभावित नेपालीप्रति समवेदना प्रकट गरेको छ । भोटेकोशी बाढीमा मलेसियाका ५० भन्दा बढी नागरिकसमेत सम्पर्कविहीन छन् ।