सुलीकोट। गोरखामा लिफ्टिङ खानेपानी आयोजना निर्माण भएको छ। सहिद लखन गाउँपालिका र रिन्युएवल वल्ड नेपाल नामको संस्थाको साझेदारीमा आयोजना निर्माण सम्पन्न भएको हो ।
उक्त खानेपानी आयोजनाबाट २ सय ६० घर लाभान्वित भएका छन्। आयोजना निर्माण सम्पन्न गर्न कुल ४३ लाख ९४ हजार रुपैयाँ खर्च भएको सहिद लखन गाउँपालिकाले जनाएको छ।
विद्युतीय प्राबिधिबाट लिफिटङ खानेपानी आयोजना निर्माण गर्दा बिद्युत् आपूर्ति नहुँदा समस्या हुने आर्थिक रूपमा महँगो पर्न जाने भएकाले सोलार प्रविधिमार्फत पानी तान्ने गरी आयोजना निर्माण गरिएको गाउँपालिकाको भनाइ छ।
उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका २ सय ६० घर धुरी घरका स्थानीय उपभोक्ताहरु लाभान्वित भएका छन्।