काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले लेखापाल निरौलालाई सेवाग्राहीबाट १५ हजार घुस रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
उक्त घुस रकमबारेको अनुसन्धानको सिलसिलामा निजले सेवा ग्राहीसँग घुस रिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारको दावी छ।