पोखरा। होटल संघ पोखराको आयोजनामा हुने १९ औं फेवा नव बर्ष महोत्सव चैत २९ देखि बैशाख १ सम्म आयोजना हुने भएको छ । महोत्सव फेवाताल किनार ड्यामसाइड चोकदेखि खहरेचोक सम्मको सडकमा आयोजना हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
पर्यटन संकृति र खाना” भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको बताइएको छ।
महोत्सवमा परम्परागत नेपाली खानाको प्रबद्र्धन,सास्कृतिक झाँकिका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट,स्थानिय कलाकारद्धारा बिभिन्न सांस्कृतिक नृत्य, हास्यब्यङय प्रस्तुति,पर्यटक दौड प्रतियोगिता हुने आयोजक समितीले जनाएको छ।