धादिङ। नीलकण्ठ नगरपालिकास्थित सुनौला बजारमा भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागि स्लेट ढुङ्ग बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
बा ५ खा ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइते हुनेमा दोलखा भिमेश्वर नगरपालिका–९ का ४२ वर्षीय नविन तामाङ्ग र नीलकण्ड नगरपालीका–६ बस्ने ३० वर्षीय खिखाबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।