दोलखा। बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।