एजेन्सी। ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्ने अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ।
भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।
भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ ।