फाइल तस्बिर
सिन्धुली। बागमती प्रदेश सकारको आर्थिक सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानमा आवातजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरुमा यो वर्ष छ वटा नयाँ पक्किपुल निर्माण हुने भएको छ ।
नयाँ निर्माण हुने पक्कि पुलको डिपिआर तयार भई ठेक्का लगाउन टेण्डर प्रकृया अघि बढेको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ । कर्यालयका अनुसार नयाँ निर्माण हुन लागेको पक्कि पुलहरुमा गोलनजोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोर खोला पुल, टाँडी खोला पुल, सुनकोसी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडकअन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४मा नै ग्वाङखोला पुल रहेको छ ।
यि पुल निर्माणका लागि बागमती प्रदेश सरकारले यो वर्ष दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको कार्यालयका सूचना अधिकारी तथा ईन्जिनियर हेमन्त गाँईले जानकारी दिए । बारा–घोक्सिला पुलको निर्माण अविधी डेढ वर्ष रहेको र बाँकी अरु पुलको निर्माण अवधि एक वर्ष रहेको उनले बताए। गोरखापत्रअनलाइनबाट